Section 127
मतियारलाई हुने सजाय
यस ऐन बमोजिम कुनै कसूर गर्न कुनै व्यक्तिलाई जानीजानी मद्दत गर्ने वा त्यस्तो कसूर गर्न सल्लाह दिने वा दुरुत्साहन गर्ने ण्वा झुट्टा वित्तीय वा कर लेखा प्रमाणित गर्ने वा गलत परामर्श दिने व्यक्तिलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।

तर यस्तो मतियार सरकारी कर्मचारी भएमा कसूरदारलाई हुने सजाय बराबर सजाय हुनेछ ।